इटहरी : थारु समुदायले महान् पर्वको रूपमा मनाउने जितिया पर्वको अवसरमा इटहरी उपमहानगरले सार्वजनिक बिदा दिएको छ ।

इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जितिया पर्वको शुभकामना दिँदै शुक्रवार सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

इटहरी उपमहानगरले थारु समुदायलाई नगरको पहिलो जाती घोषणा गरेको थियो ।

घोषणा सँगै जाती तथा समुदायको सम्मान स्वरूप जितिया पर्वको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको उपमहानगरले जनाएको छ। उपमहानगरले बिहीबार सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो ।

इटहरी अस्पताल बाहेक उपमहानगरको सबै काम बन्द हुने गरी शुक्रवार सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

itahari-bida