धरान : लगानीको क्षेत्रमा बढेको शेयर बजार प्रोत्साहित गर्न मनाउदै गरेको विश्व लगानी सप्ताह धरानमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सहित मनाइएको छ ।

विश्व लगानी सप्ताह २०२३ नेपालमा असोज १५ देखी २१ गते सम्म लगानी सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।

धरानमा अनलाइन सेक्युरिटीज लिमिटेडद्वारा बिपी प्रतिष्ठानको अडिटोरियम हलमा बिहीबार आयोजित ‘लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि’ अनुशिक्षणमा शेयर बजार तथा प्रविधि बारे अन्तरक्रियात्मक कार्यक्रम भएको हो ।

कम्पनीका ट्रेडिङ विभाग प्रमुख विजय प्रसाद लामिछानेले अन्तरकृयाको सहजीकरण गर्दै भने ‘अहिले लगानीका विभिन्न उपकरण मध्ये उपयुक्त उपकरण कसरी छनोट गर्ने भन्ने विषय निकै महत्त्वपूर्ण भएको छ ।’ उनले उपकरण, प्रविधिबारे विस्तृत जानकारी दिए ।

लामिछानेले सेयर बजारमा लगानी किन, कसरी र कहाँ गर्ने, लगानीको सुरुवात कसरी गर्ने, लगानी गर्दा ध्यान दिनु पर्ने कुराहरूमा ध्यानाकर्षण गराउँदै लगानीका अवसर तथा चुनौतीहरू, लगानीका प्रचलित  विधिहरूका बारेमा जानकारी दिए ।

उनले अनलाइन सेक्युरिटिज केन्द्रीय कार्यालय सहित देशभरका विभिन्न शाखाहरूबाट ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरू लगानीकर्तामा सचेतना अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहेका बताए । सभाको सभापतित्व लमिछानेले नै गरेका थिए ।

अन्तरक्रियामा सहभागीहरूले राखेको जिज्ञासामा पनि छलफल भएको थियो । सोही अवसरमा विश्व लगानी सप्ताहको अवसरमा कम्पनीबाट डिम्याट खाता खोल्ने ग्राहकहरूका लागि नयाँ योजना घोषणा गरिएको थियो ।

योजना अनुसार कम्पनीका ग्राहकहरूले ९४९ रुपैयाँमा आजीवन नवीकरण गर्नु नपर्ने गरी डिम्याट खाता खोल्न सक्नेछन् । एक वर्षको लागि मेरो सेयर सुविधा समेत निःशुल्क लिन सक्नेछ । डिम्याट खाता नवीकरण गर्न चाहने खातावालहरूले यसै योजनामा सहभागी भएर योजनाको फाइदा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

अनलाइन सेक्युरिटिज धरान शाखा प्रमुख सुजन निरौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम  कारोबार गर्दै आएका लगानीकर्ताहरू, नवप्रवेशी लगानीकर्ताहरू तथा लगानी गर्न उपयुक्त समयको पर्खाइमा रहेकाहरू सबैले प्रभावकारी भएको बताए ।

world investor week 2

world investor week 3