काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह ठमेलस्थित 'मजाज मेडिटेरिनियन फुड एण्ड शिशा लाउन्ज' पुगेका छन् । शनिवार साँझ उनी परिवारका केही सदस्यसहित पुगेका थिए ।

अरबी खानाको स्वाद लिन पूर्व राजा ज्ञानेन्द्र परिवारसहित मजाज पुगेका थिए । उनले त्यहाँ रहँदा रेष्टुरेण्टको इन्टिरियर डिजाइन अवलोकन गरेका थिए ।

नेपालमै पहिलो पटक टर्की र दुबई पुगेको जस्तो आभास दिलाउने लाउन्ज खुलेको प्रतिक्रिया दिएका थिए । परिवारसहित पुगेका शाहले अरबी खानाको पारखी रहेको बताएका थिए ।

मजाजको आकर्षक युक्त इन्टिरियरले शाहलाई आकर्षित गरेको थियो । नेपालमै यस्तै खालको नयाँ-नयाँ रेस्टुरेन्ट खोल्नु पनि नेपाली ग्राहकका लागि राम्रो रहेको उनले बताएका थिए ।

पछिल्लो समय मजाजमा आउने ग्राहकहरू इन्टिरियर हेर्न आउने गरेको सञ्चालकहरू दाबी गर्छन् । मजाजमा अन्य रेस्टुरेन्ट तथा लाउन्जमा फरक स्वादको खाना पाइने भएकाले ग्राहकहरू आउने गरेका छन् । ठमेलमा मजाज सञ्चालनमा आएको पाँच महिना भइसकेको छ ।