धरान : विद्यार्थीहरूको सामान्य ज्ञान क्षमता अभिवृद्धिका लागि विष्णु मेमोरियल माविका कक्षा ११ र १२ का विद्यार्थीलाई समूहगत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा बिटा समूहबाट कक्षा-१२ विज्ञान सङ्कायका प्रज्ञान दाहाल, कक्षा-११ म्यानेजमेन्ट सङ्कायकी प्रज्ञा दाहाल, कक्षा-११ विज्ञान सङ्कायकी तियाहाङ लिम्बू प्रथम भएकी छन् ।

ठिटा समूहबाट कक्षा-१२ म्यानेजमेन्टकी सन्ध्या दाहाल, कक्षा-११ विज्ञान सङ्कायका आलोक लिम्बू, सुप्रबलराज भट्टराईले द्वितीय स्थान प्राप्त गरिन् । गामा समूहबाट कक्षा-११ विज्ञानका पालक अग्रवाल, कक्षा-१२ म्यानेजमेन्टकी रोजा बराल, कक्षा-१२ साइन्सकी मुनाल काफ्लेले तृतीय स्थानमा रहिन् ।

प्रतियोगिताको सहजीकरण क्विज मास्टर हेमन्तमणि दाहालले गरेको प्लस टु कोअर्डिनेटर नवीन शाक्यले बताए ।

प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार विष्णु माविले सानो कक्षादेखि माथिल्लो कक्षा सम्मका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा खरो उतार्दै आएको छ । गुणस्तरीय शिक्षणसँगै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको उनले बताए ।

स्कुलमा फुटबल, बास्केटबल, क्रिकेट, टेबल टेनिस, कराँते, नृत्य, गायन, चित्रकला लगायतका कक्षानै सञ्चालन गरिँदै आएको छ । विद्यार्थीलाई जुन विधामा रुचि हुन्छ सोही विधामा निःशुल्क कक्षामा सहभागी गराउने गरिएको छ ।

bishnu memorial 2

bishnu memorial 3

bishnu memorial 4