इटहरी : जिपी कोइराला अध्ययन केन्द्र सुनसरीले इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको सङ्गीत चोकमा आयोजित कार्यक्रममा ६३ प्रिन्ट ब्लड सङ्कलन भएको हो ।

‘रक्तदान जीवन दान रक्तदान गरौँ जीवनभर पुण्य कमाऔँ’ भन्ने नाराको साथ कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य उमेश थापाको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा यूथ क्लब इटहरी, आँपगाछी सहआयोजक रहेको थियो । 

सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको जिपी कोइराला अध्ययन केन्द्रले असहाय बालबालिका तथा खेलकुदको क्षेत्रमा काम गरिरहेको सुनसरी अध्यक्ष टङ्क दाहालले बताएका छन् । गिरिजा प्रसाद कोइरालाको नाममा खुलेको संस्था भएकाले लोकतन्त्र र सामाजिक न्यायको लागि काम गर्ने गरेको उनको भनाइ छ । कोइराला एक राजनीतिक व्यक्तित्व भए पनि उनको नामलाई सामाजिक काममा जोड्ने प्रयास गरिएको दाहालले बताए ।