इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् ।

संसदीय दलमा आफूले प्रभावकारी काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन् । बिहीबार कोशी प्रदेश सरकार गठनको लागि काँग्रेस सांसद केदार कार्की र माओवादी सांसद इन्द्र बहादुर आङ्बोले दाबी पेस गरेका छन् ।

आङ्बोले हस्ताक्षरको गलत प्रयोग गरेको भन्दै काँग्रेस सांसदहरूले विरोध जनाएका छन् । आङ्बोको दाबी पत्रमा हस्ताक्षर प्रयोग भएका सांसद केदार कार्की आफै मुख्यमन्त्री दाबी गरेका छन् ।

काँग्रेसले पाउन लागेको मुख्यमन्त्री माओवादीलाई दिएको भन्दै उपनेता हिमाल कार्की असन्तुष्ट छन् । यसपछि केदार कार्कीलाई समर्थन गर्ने हिमाल कार्कीको सचिवालयले जनाएको छ ।