वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. १ वराहक्षेत्र मन्दिर एरियामा जारी प्रथम संस्करणको कोकाहा कौशिकी मिनी गोल्डकप अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै आयोजक कोकाहा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

धरान-१६ फुटबल क्लब धरान माथि शून्यका विरुद्ध दुई गोलको जित निकाल्दै आयोजकले फाइनल खेलको यात्रा तय गरेको हो । उपाधिका लागि आयोजकले शुक्रवार हुने अन्तिम सेमिफाइनल खेल हाटखोला फुटबल क्लब चतरा र तालतलैया फुटबल क्लब इटहरीको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

खेलमा म्यान अफ द म्याच आयोजकका सरोज लोकान्ती घोषित भए । उनले नगद ११ सय रुपैयाँ प्राप्त गरे ।

कोकाहा फुटबल क्लबको आयोजनामा धार्मिक तथा पौराणिक रूपमा प्रसिद्ध कोकाह खोलाको किनारामा रहेको खेल मैदानमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उपविजेता टिमले नगद २६ हजारसँगै प्रतियोगिता भर विद्यागत उत्कृष्ट खेलाडीहरूलाई नगद र ट्रफी प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।