धरान : बाल यौन दुरुपयोग अपराधको मुद्दामा अदालतद्वारा दोषी साबित भई केद सजायको फैसला भएको एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका फरार अभियुक्त मोरङको लेटाङ नगरपालिका-९ का २२ वर्षीय सरोज मोते छन् । मोरङ जिल्ला अदालतको २०७९ पुष २१ गतेको फैसला अनुसार मोतेलाई ६ महिना कैद तोकिएको छ ।

कैद सजायबाट जोगिन फरार रहेका मोतेलाई मोरङको लेटाङ इलाका प्रहरी कार्यालयको गस्ती टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसै गरी कुटपिटको मुद्दामा दोषी साबित भई अदालतबाट दोषी ठहर भएका लेटाङ-३ का ३२ वर्षीय मानबहादुर माखिमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको २०७९ पुष २८ गतेको फैसलामा कुटपिट मुद्दा दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । पक्राउ परेका दुवै फरार अभियुक्तलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाइएको छ ।