धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनको क्रममा सामूहिक राजीनामा दिएका १७७ जना चिकित्सकहरूले उनीहरू प्रतिष्ठानको उपचार सेवा, शैक्षिक कार्यमा संलग्न नहुने घोषणा गरेका छन् ।

उनीहरूले काम फर्कने वातावरण बनाउन ३ सर्त राख्दै बढुवा प्रक्रिया अघि बढाउन, प्रक्रिया सुचारु नगर्ने पदाधिकारीलाई बर्खास्त गर्न वा सामूहिक राजीनामा स्वीकृत गर्न माग गरेका छन् ।

प्रतिष्ठान स्थित शिक्षक कल्याण समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अवरुद्ध बढुवा तत्काल सुचारु गर्न, या यो सबैका मुख्य जिम्मेवार रहेका प्रमुख पदाधिकारीलाई बर्खास्त गर्न या सामूहिक राजीनामा स्वीकृत गर्न आव्हान गर्दछौँ ।’

उनीहरूले असोज २६ गते देखी लागु हुने गरी सामूहिक राजीनामा दिएकाले प्रतिष्ठानको स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यमा संलग्न हुन बाध्य नभएको जनाएका हुन । यसबाट प्रतिष्ठानको बहिरङ्ग, अन्तरङ्ग, इमर्जेन्सी, आइसियु सहितका सेवाहरू प्रभावित हुनसक्ने उनीहरूले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘असोज २६ गते दुखी लागु हुने गरी सामूहिक राजीनामा दिइसकेकोले प्रतिष्ठानको स्वास्थ्य सेवा, अन्तरङ्ग, बहिरङ्ग, इमर्जेन्सी, आइसियु सहित, शैक्षिक सेवा, पठन, पाठन, परीक्षा, अनुसन्धान सम्बन्धी कुनै पनि जिम्मेवारी वहन गर्न बाध्यकारी नरहेको जानकारी गराउँदछौ ।’

rajinama diyeka chikitsakharu 2

rajinama diyeka chikitsakharu 3