धरान : चाडपर्वको बेला सार्वजनिक यातायातको चाप बढेर त्यसबाट दुर्घटनाको जोखिमलाई ध्यानाकर्षण गराउन यसपालि ६८ औ प्रहरी दिवसमा कोशी प्रदेशभर चाडपर्व लक्षित तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार कार्यक्रमहरूमा ट्राफिक सचेतना सम्बन्धी पर्चा पम्प्लेटहरू वितरण, जिङ्गलहरू प्रसारण गरिएको थियो । चाडपर्व नजिकिनुका सार्थ राजमार्गका सवारीको चाप बढेकोले ट्राफिक सचेतना मूलक कार्यमा प्रहरी दिवस केन्द्रित गरिएको हो ।

कोशी प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू तथा ट्राफिक प्रहरी पोस्टहरूले समेत प्रभातफेरी रयाली सहित सचेतना मूलक कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी, विभिन्न गैह्र सरकारी सघं संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, यातायात मजदुर, स्थानिय बुद्धिजीवी, भद्र भलादमी, विद्यार्थीहरू सहभागी भएका थिए ।

prahari diwas 2

prahari diwas 3