धरान : मानव अधिकार र शान्ति समाज सुनसरीको चौथो वार्षिक साधारण सभा आइतबार इटहरीमा भएको छ ।

मानव अधिकार, शान्ति, लोकतन्त्र, सामाजिक न्यायका लागि निरन्तर सक्रिय संस्थाको साधारण सभामा नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले मानवअधिकारका लागि हरेक व्यक्ति गम्भीर र सचेत हुनुपर्ने बताए ।

उनले भने ‘मानवअधिकारको क्षेत्र वृहत् छ, हरेकले यसमा सचेत र चनाखो हुनु आवश्यक छ ।’

समाजका केन्द्रीय सचिव सन्तोष रौनियारले नि:स्वार्थ भावले मानवअधिकारको क्षेत्रमा निरन्तर वकालत गर्ने संस्था भएको बताए ।

सचिव रोवनराज कार्कीले समाजले महिला हिंसाविरुद्ध, लागूऔषधको दुव्यर्सनीमा युवा पुस्तालाई फस्न नदिनका लागि सचेतनामूलक कार्यक्रम, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको पक्षमा लाग्ने व्यक्तित्वलाई सम्मान गरेका सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समाजका सुनसरी जिल्ला अध्यक्ष डा.विकास साहको अध्यक्षतामा भएको सभामा हेमन्त गौतम, विष्णुप्रसाद चापागाईँ, पुरुषोत्तम घिमिरे, राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष चित्रबहादुर कार्की लगायतले बोलेका थिए ।