धरान : प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ ।

धनकुटाका ३ जना पहिचानवादी नेता, कार्यकर्ताहरू मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बुलाई विना सर्त रिहाइ नगरे सम्म सङ्घर्ष समितिले धनकुटा बन्दको आव्हान गरेको हो ।

उनीहरू ५ दिन देखी धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरूलाई केही दिन अघि धनकुटाको चौबिसेमा एमालेको भातृ सङ्गठन युवा सङ्घको कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यसअघि उनीहरूलाई रिहा नगरे धनकुटा बन्द गर्ने चेतावनी दिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले आज सोमवार रिहा गर्ने आश्वासन दिएको थियो । संयुक्त सङ्घर्ष समितिको राजनीतिक घटक राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले भने ‘तर आज मङ्गलवार साँझ ७ बजे सम्म रिहा नगरे पछि धनकुटा बन्द गर्ने गरिने भएको हो ।’

सङ्घर्ष समितिले धनकुटालाई चारै तिरको नाकाहरू बन्द गर्ने रणनीति अनुसार आज पूर्वका १४ जिल्ला स्थित सङ्घर्ष समितिहरूलाई नाकाबन्दीका लागि तयारी गर्न परिपत्र गरेको छ । पत्रमा सम्बन्धित जिल्लाका यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घहरूलाई सहयोगका लागि अनुरोध गर्न निर्देशन दिइएको छ ।

pahichan-andalo-dhankut