धरान : धरानमा रहेको होटेल रत्न इनमा एक पुरुष मृत फेला परेका छन् ।

बुधवार बिहान २४ वर्षीय विष्णुमणि आचार्य होटेलको कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । उनले भने, ‘कोठा भित्रबाट बन्द गरिएको थियो, आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेका छौँ ।’

मृतक आचार्य रामधुनी वडा नम्बर ३ का बासिन्दा भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।