इटहरी : इलाका प्रहरी इटहरीमा कार्यरत प्रहरी सहायक हवलदार विनोद ओझा चार पटक उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

पछिल्लो पटक १५ लाख ८७ हजार नक्कली नोट कारोबारमा संलग्नलाई पक्राउ गरेको भन्दै ओझा कोशी प्रदेशको उत्कृष्ट प्रहरीको सूचिमा परेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले ओझा सहित नगर प्रहरी कार्यालय त्रियुगामा कार्यरत प्रहरी नायब निरीक्षक कमल बहादुर कार्की असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । 

यससँगै ओझाले इटहरीको बरण्डा होटेलबाट जुवा खेली रहेका ३ जनालाई पक्राउ गरेका थिए । असोज १८ गते १ लाख ४९ हजार ५ सय ९० रुपियाँ नगद सहित जुवामा संलग्न लाई पक्राउ गरेका हुन् ।

यस अघि २०७६ पौष, २०७७ माघ र २०७९ ज्येष्ठमा पनि उत्कृष्ट प्रहरी घोषित भएका थिए । इटहरीमा कार्यरत रहँदा गोप्य सूचना पत्ता लगाउने र घटनाको गम्भीर अनुसन्धान गर्ने काममा ओझाले भूमिका खेल्दै आएका छन् ।

नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कार्कीले असोज ३० गते त्रियुगा ५ मा आफ्नै श्रीमतीलाई खाना पकाउने कुकरले हिर्काएर हत्या गर्ने पिटर राईलाई पक्राउ गरेका थिए ।