धरान : झापाको भद्रपुर स्थित नेपाल-भारत सीमा नाकामा शनिवारदेखि प्रहरीले तालिम प्राप्त कुकुर सहितको टोलीद्वारा कडाइका साथ चेकजाँच सुरु गरेको छ । दसैँ अघि देखी  विराटनगर स्थिति सिमानाकामा चेकजाँच कडाइ गर्न कुकुर सहितको टोलीले परिचालन गरिएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सीमावर्ती एरिया इलाकाहरूमा तालिम प्राप्त कुकुर सहित परिचालन गरी कडाइका साथ चेकजाँच गरिँदै आएको जनाएको छ ।

शनिवार बिहान भद्रपुर नगरपालिका-५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले २ वटा तालिम प्राप्त कुकुर सहित सीमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा शङ्कास्पद मानिसहरूलाई चेकजाँच गर्न थालेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगतका मुख्य सीमा नाका सहित अन्य सीमा नाकाहरू र आसपासको सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि कुकुर सहितको प्रहरी चेकिङ टोलीले कडाइका साथ चेकजाँच गरिरहेको जनाइएको छ ।