धरान : इलामबाट आएको एम्बुलेन्सले सोमवार साँझ बिर्तामोडमा ठक्कर दिँदा बिर्तामोड-४ कि ६९ वर्षीय सिता साह कलवारको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बिर्तामोड-१ अदुवा पुलमा पैदल यात्रा गरिरहेकी सितालाई पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । एम्बुलेन्स र चालक इलाम माईजोगमाई-३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।