विराटनगर : रोटरी क्लब अफ विराटनगर डाउन टाउनल घरेलु सफाइ महिला कर्मचारीहरूलाई पोसाक वितरण गरेको छ ।

बालिका विद्यालयमा आयोजित कार्यक्रमका बिच महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले घर-घरमा गएर सरसफाइ गर्ने महिला कर्मचारीहरूलाई पोसाक वितरण गरेकी हुन ।

तिहार र छठ पर्वको अवसरमा ५० जना घरेलु सफाइ महिला कर्मचारीलाई पोसाक सहितका सामग्री वितरण गरिएको संयोजक गिरिजा सारडाले जानकारी दिइन् ।

सोही अवसरमा प्लास्टिकको झोला प्रयोगलाई निरुत्साहित गर्न कपडाको झोला पनि वितरण गरिएको थियो । बालिका विद्यालयको पर्खालमा नेपालको संस्कृति र कला झल्किने चित्रहरू बनाइएको थियो ।

आयोजक रोटरी विराटनगर डाउन टाउनलकी अध्यक्ष  कुसुम सेनवालाको सभापतित्वमा भएको कार्यक्रममा उपमेयर कार्कीले विराटनगरको विकासमा रोटरी जस्ता सामाजिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।