इटहरी : भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको  कार्यपालिका बैठकले दुई लाख सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष किरण राइका अनुसार विपद् व्यवस्थापन कोषबाट दुई लाख सहयोग गर्ने निर्णय गरिएको हो । भूकम्पले क्षति पुगेको दुखद अवस्थामा रुकुम पश्चिम र जाजरकोटमा एकएक लाख सहयोग गर्ने निर्णय भएको उनले बताए ।

भूकम्पको विपत्तिमा दुई लाख खास ठुलो रकम नभएपनि मानवीय भावनाले सक्दो सहयोग गरिएको राइको भनाइ छ । दुवै जिल्लाको दैविक विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरिने उनले प्रस्ट पारे ।