धरान : मोबाइल किन्दा वराहक्षेत्र-७ देबिघाटकी भगवती राईले टिभिएस कम्पनीको नेट्रो १२५ सिसिको स्कुटर उपहार पाएकी छन् ।

सामसुङ मोबाइलले नेपाल भरीका खरिदकर्ताहरूलाई 'लक्की ड्र'बाट स्कुटर उपहार दिने कार्यक्रम घोषणा गरेको थियो । सोही उपहारको 'लक्की ड्र'मा वराहक्षेत्रकी राईलाई टिभिएस कम्पनीको नेट्रो १२५ सिसिको स्कुटर परेको हो ।

धरान-१२ महेन्द्र पथमा स्थित खुशिका मोबाइल सेन्टरमा बिहीबार आयोजित उपहार वितरण कार्यक्रममा राईलाई स्कुटर उपहार हस्तान्तरण गरिएको छ ।

राईलाई सामसुङ मोबाइल कोशी प्रदेशका आधिकारिक थोक विक्रेता (डिस्ट्रीब्युटर) प्रणवकुमार तोदीले स्कुटरको चाबी सहित स्कुटर प्रदान गरे ।

राईले असोज १८ गते खुशिका मोबाइल सेन्टर धरानबाट सामसुङ 'ए जिरो ४' मोबाइल १७ हजार रुपैयाँमा किनेकी थिइन् । त्यही मोबाइलले उनिलाई २ लाख ३५ हजार मूल्य पर्ने स्कुटर उपहार दिलाएको हो ।

दसैँ तिहारको चाडबाड योजना अवसरमा सामसुङ 'मोबाइल च्याप्पै स्कुटर झ्याप्पै' योजना चलाएको छ । सामसुङ मोबाइल किन्ने हरेक ग्राहकलाई २५ दिनमा २५ स्कुटर लक्की ड्र उपहार प्रदान गरिने डिस्ट्रीब्युटर तोदीले बताए ।

उनले भने ‘धरानमा धेरै सामसुङ मोबाइल खरिद बिक्री हुने गरेकोले धरानमा २५ दिन भित्र २ वटा स्कुटर उपहार वितरण भईसकेको छ ।

dashain scooter upahar2