वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित कुम्भ स्थल चतरा धामबाट पन्ध्र दिवसीय वृहत् पदयात्राको शुभारम्भ गरिएको छ ।

१५ दिवसीय वृहत् पदयात्राले उदयपुर, धनकुटा र सुनसरी जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्नेछ। परिक्रमाको शुक्रवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा सुरु भएको हो।

चतराधामबाट पदयात्रा सुरु गरी सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोसी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिनेछ । मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिए ।

पदयात्राको क्रममा त्रिवेणीधाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्ति धाम,  बेलहरा, साँगुरीगढी, नमस्ते झरना हुँदै कार्कीछाप-भेडेटार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।

पदयात्रा धरानको शिवजट्टाधाम- वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर, तरहरा-इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर, रामधुनीधाम, रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा  त्यसपछि पदयात्रा प्रकाशपुर, राजाबास, सालबनी, शक्ररुद्र तीर्थ, वराह भगवानको गर्भ गृहको दर्शन गरिने जगद्गुरु बालसन्त मोहन सरणले जानकारी दिए।

चतराधाममा चैत्र २७ गतेदेखि वैशाख २७ गतेसम्म अक्षय तृतीयासम्म आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई महाकुम्भ लक्षित पदयात्राले भक्तजनलाई सहभागिताको आमन्त्रणसमेत गर्ने  जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिए ।

पदयात्रा शुभारम्भ कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी प्रहरी प्रमुख विपिन रेग्मी, कोशी प्रदेश सांसदहरु भीम पराजुली, रमेश बस्नेत, विजयकुमार राई, पूर्व सङ्घीय सांसद जय कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

Padayatra suru Jagat guru