झापा : तिहारको गोवर्द्धन पुजाको राती आफूले चलाएको मोटरसाइकल अनियन्त्रित भई लड्दा चालकको मृत्यु भएको छ ।

मृत्यु भएकामा कनकाई नगरपालिका-९ ४० वर्षीय सञ्जय साह रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कनकाई-९ मन्त्रिबारीको भित्री सडक खण्डमा गएको मङ्गलवार हिजो राति साढे ११ बजे दक्षिणतर्फ जाँदै गरेको प्र २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकल लड्दा चालक साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड ल्याइ पुराउँदा चिकित्सकहरूले मृत घोषित गरेका हो ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।