धरान : आफ्नै बाउलाई धारिलो हतियारले काटेर मारेको अभियोगमा झापा जिल्ला कमल गाउँपालिका-४ का २३ वर्षीय आशिष् तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आज सोमवार बिहानी साँढे ६ बजेको समयमा ४५ वर्षीय बाउ भोला कुमार तामाङलाई आशिष्ले धारिलो हतियार र कराईले टाउको र शरीरमा प्रहार गरी हत्या गरेर भागेका थिए ।

स्थानीयले बाउको हत्या गरी फरार भएको भन्ने सूचना प्रहरीलाई दिए लगत्तै इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले तामाङलाई कमल गाउँपालिका-४ दुधेबाट पक्राउ गरेको हो ।

मृतक तामाङको कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टम गर्न दमक अस्पताल पठाइएको छ । घटना बारे अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।