वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा सामाजिक काममा सक्रिय हाम्रो एकता युवा क्लबले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्लबले सरोकारवालाहरूको उपस्थितिमा सोमवार साधारण सभा सम्पन्न गरेको हो ।

मधुवन बजारमा आयोजना भएको साधारण सभामा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले गत वर्षको काम र भावी योजनाबारे प्रकाश पारेका थिए ।

क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीको सभाध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण कुमार महतो रहेका थिए । पूर्व वडा अध्यक्ष केदार बिस्ट विशिष्ट अतिथि रहेको कार्यक्रममा वडाका जनप्रतिनिधि, सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, व्यापारी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

वडा नं ११ सामाजिक कार्य सरसफाइ, सचेतना मूलक कार्य खेलकुद गतिविधि गर्दै आएको क्लबको अध्यक्षमा पुर्न: कलामुद्दिन अन्सारी चयन भएका छन् । 

उपाध्यक्षमा विवेक महतो, सचिवमा हेम कुमार शर्मा त्यस्तै कोषाध्यक्षमा पार्वती शाह सहित ९ जनाको कार्य समिति सर्व सहमतिले चयन गरिएको थियो ।