धरान : डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औँ ललित अम्बर डिपो कपको फाइनलमा पुलिस स्कुल र बराह राइजिङ स्टार फाइनलमा प्रवेश गरेका छन्।

बुधवार भएको सेमिफाइनल खेलमा पुलिस स्कुलले एक्वा स्कुललाई २-० र बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन ।

पहिलो सेमिफाइनल खेलमा पुलिसका रोयल चौधरी र अङ्शु बास्फोरले गोल गरेका थिए । उक्त खेलमा एक्वा स्कुलका युनिक रुचाल अफ द म्याच घोषित भए । दोस्रो खेलमा बराह राइजिङका शिशिर कार्की, सुबोध कटुवाल र कान्जी राईले गोल गरे । सो खेलमा देउराली चिल्ड्रेनका युसन राई म्यान द म्याच घोषित भए । उनीहरूलाई डिपो स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बू र दिपबहादुर राईले टर्फी र प्रमाणपत्र प्रदान गरे ।

यसैगरी डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियन तर्फ बुधवार भएको सेमिफाइनल खेलमा मर्निङ स्टारले प्रभात स्कुललाई २-१ र कार्मेल स्कुलले विष्णु स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पहिलो खेलमा मर्निङ स्टारका प्रनव माझी र आयुस राना मगरले गोल गरे । दोस्रो खेलमा कार्मेलका दर्शन राई र नुयाङ राईले गोल गरे ।

प्लेट च्याम्पियन उपाधिका लागि बिहीबार कार्मेल र मर्निङ स्टार र तेस्रो उपाधिका लागि एक्वा स्कुल र देउराली चिल्ड्रेनले प्रतिस्पर्धा गर्नेछन् ।