धरान : लैङ्गिक हिंसा अन्त्य भएको सुनिश्चितका लागि चलाइएको १६ दिने अभियानको क्रममा आयोजित अन्तरक्रियामा सहभागीहरूले हिंसा कसरी न्यूनीकरण र व्यवस्थापन सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन ।

उनीहरूले महिला बालबालिका अन्याय परेमा उनीहरूलाई परेको सङ्कट व्यवस्थापन गरिनु पर्नेमा जोड दिए । महिला सङ्घ क्षेत्रीय अध्यक्ष सबिता राईले लैङ्गिक हिंसा पूर्णतः अन्त्य नभए पनि न्यूनीकरण गर्न सकिने कुरामा सहभागीहरूबाट सुझाव आएको बताइन् । 

धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले आफू न्यायिक समितिमा हुँदा लैङिगक हिंसाका घट्नाहरुका बारेमा भएका सुनवाई र समाधानका बारेमा अनुभव प्रस्तुत गरेकी थिइन् ।

बिपी प्रतिष्ठानका मनोसामाजिक सेवा प्रमुख डा. विकास शाहले यौन हिंसा पीडित महिला, बालिकाहरूले पाइरहेका स्वास्थ्योपचार, कानुनी सेवा कसरी पाइरहेको छ भन्ने बारेमा जानकारी दिए ।

अन्तरक्रियामा प्रमुख अतिथि प्रदेश १ का पूर्व सभामुख प्रदीप भण्डारी थिए । पूर्व सघिय सांसद जयकुमार राई, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई सहित महिला कार्यकर्ताहरू सहभागी रहेका थिए । सभापतित्व महिला सङ्घ क्षेत्रीय अध्यक्ष सबिता राईले गरेकी थिइन्।