धरान : लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ बाट बुधवार साँझ भारतबाट नेपाल आउँदै गरेको शिवसताक्षी नगरपालिका–८ का ३५ वर्षीय चन्द्र बहादुर खड्का २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

यसैगरी इलाका प्रहरी कार्यालय जलजलेको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-६ बाट लिमचुङबुङ गाउँपालिका-५ का १९ वर्षीय रुपेश कार्की, १९ वर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार उनीहरू माथि शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ ।