इटहरी : शुभ कार्य, धार्मिक अनुष्ठानहरूमा स्वास्थ्य र शुद्धताको रूपमा प्रयोग हुँदै आएको परम्परागत स्वावलम्बी साधन दुना, टपरीप्रति विद्यार्थीलाई उत्प्रेरित गर्न शुक्रवार इटहरीको नर्थ प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुलले प्रशिक्षण सञ्चालन गरेको छ ।

स्कुलले कक्षा ८ र ९ का ४२ जना छात्राहरूलाई दुना टपरी बनाउने प्रशिक्षण प्रदान गरेको हो । पढाई सँगै दैनिक जीवनमा उपयोगी हुने व्यवहारिक स्वावलम्बी ज्ञान प्रदान गर्न स्कुलले टपरी तथा दुना बनाउन प्रशिक्षण सञ्चालन गरेको विद्यालयले जनाएको छ । 

स्कुलले कक्षा ८ र ९ का ३८ जना छात्रहरूलाई बिद्युत् सम्बन्धी तालिम पनि सञ्चालन गरेको अतिरिक्त क्रियाकलाप संयोजक धिरज अधिकारीले बताए । उनका अनुसार साप्ताहिक रूपमा फरक विषयमा प्रशिक्षण दिने क्रममा विविध तालिम सञ्चलन गरिँदै आएको छ ।

चालु शैक्षिक सत्र देखि इटहरी-१ हलगाडा स्थिति आफ्नै भवनमा सरेको नर्थ पोइन्ट सेकेण्डरी स्कुलले बदलिँदो शिक्षा प्रणालीलाई आत्मसात् गर्दै आधुनिक प्रविधिहरूको प्रयोगलाई पठन पाठनमा प्राथमिकता दिएको प्रधानाध्यापक राजन दाहालले बताए ।

northpoint-electronic-trainnorth-duna-tapari-Kapurinewnorthduna-tapari