धरान : पहिचानवादी समूहले उपमहानगरपालिका वडा १५ वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको ‘कोशी प्रदेश’ शनिवार मेटाएको छ ।

कोशी प्रदेशको नाम खारेजको माग गर्दै आएको पहिचानवादीहरूले वडा कार्यालय र स्वास्थ्य सेवा केन्द्रको बोर्डमा ‘कोशी प्रदेश’ लेखिएको भागमा कालो पोतेर मेटाएको हो ।

पहिचानवादी समूहले निरन्तर सरकारी कार्यालयहरूमा लेखिएको कोशी प्रदेश हटाउँदै आइरहेको  पहिचानवादी युवा सह संयोजक बिराज आङदाम्बेले बताए । उनकै नेतृत्व युवा समूहले वडा कार्यालयमा नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरेका  थिए ।

युवा समूहले १ नम्बर प्रदेश भरिका  विभिन्न कार्यालयका साइनबोर्ड र होडिङ बोर्डमा लेखिएका कोशी प्रदेश मेट्टाउँदै आएको आङदम्बेले जानकारी दिए ।

उनका अनुसार पहिचानवादीहरूले कोशी प्रदेश नाम खारेज नभए सम्म र पहिचानमा आधारित प्रदेशको नामकरण नभए सम्म निरन्तर आन्दोलन जारी राख्ने छ।

dharan-15-board