धरान : रामधुनी नगरपालिका वडा ७ का अध्यक्ष केशव गौतम महिला सहित धरान-१२ चतरालाईन स्थित शुभकामना होटेलबाट रंगेहात पक्राउ परेका छन् ।

वडाध्यक्ष गौतम शनिवार महिलासँग होटेलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

नेकपा एमालेबाट दोस्रो कार्यकाल पनि वडाध्यक्ष चुनिएका गौतम रामधुनी–७ कै महिलासँग रंगेहात भेटिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

महिलाका आफन्तले नै उक्त महिला वडाध्यक्ष गौतमसँग धरान-१२ शुभकामना होटेलमा छन् भनी सूचना दिएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटिइएको थियो ।

प्रहरीले दुवैलाई अर्धनग्न रूपमा भेटेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याइएका गौतमलाई छाड्न सभासद् देखि माथि सम्मबाट फोन आइरहेको स्रोतले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले धरानको होटेलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको बताए । उनले भने ‘केशव गौतम र एक जना महिला ईलाकाको सम्पर्कमा छन्, थप अनुसन्धान गरिरहेका छौँ ।’