वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ पुनर्वासमा रहेको वसन्त ऋतु कृषि सहकारी संस्था लिमिटेडको १०औँ  वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक आय/व्यय सार्वजनिक गर्दे संस्थाको १०औँ साधारण सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले आगमि ४ वर्षको लागि सञ्चालक कार्य समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा पुनः दुर्गादेवी बुढाथोकी निर्विरोध चयन भएकी छिन् । ११ सदस्य कार्य समिति चयन भएको उपाध्यक्षमा पुनः भवानी प्रसाद गौतम निर्वाचित भएको व्यवस्थापक उद्धव न्यौपानेले जानकारी दिए ।

संस्थाका अध्यक्ष दुर्गादेवी बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले प्रगति विवरण, भावी योजना र आय/व्यय समेत सभामा प्रस्तुत गरिन् । सभामा लेखा प्रतिवेदन संस्थाका व्यवस्थापक उद्धव न्यौपानेले प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम र बजेट छलफल तथा अनुमोदन समेत गरिएको थियो । कार्यक्रममा वराहक्षेत्र वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम प्रमुख अतिथि रहेका थिए ।

यस्तै सभामा उत्कृष्ट कारोबार गर्ने असल ऋणी र उत्कृष्ट बचतकर्ताहरू गोपीकृष्ण भट्टराई, रेविका बस्नेत, उर्मिला कोईरला, चम्पा राना मगर, सम्झना निरौला गौतम, दिलु श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन सदस्य पवित्रा श्रेष्ठ गरेकी थिइन् ।

कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ओमकुमार शर्मा, प्रह्लाद भट्टराई, ज्ञानबहादुर पाण्डे, समाजसेवी देउमाया थापामगर, भवानीप्रसाद गौतम, भक्तबहादुर बस्नेत, प्रह्लाद बुढाथोकी, बालचन खोरिया कृषि सहकारीका अध्यक्ष प्रेम खड्का लगायत अतिथि रहेका थिए ।