इटहरी : नेपाली काँग्रेस सुनसरीका नेता लालीप्रसाद मेहताको निधन भएको छ । सोमबार छातीमा समस्या देखिएपछि विराट टिचिङ अस्पताल विराटनगर भर्ना भएका उनको मङ्गलवार दिउँसो निधन भएको हो ।

काँग्रेस सुनसरीका पुराना नेता मेहता देवानगंज गाउँपालिकाको पूर्व अध्यक्ष हुन् । मध्यहर्सायी गाउँ विकास समितिको तीन कार्यकाल अध्यक्ष भएका मेहता काँग्रेसका कुशल संगठक समेत हुन् ।

सुनसरीमा बिपी कोइराला उम्मेदवार हुँदा मेहता बुथ प्रतिनिधिको जिम्मेवारीमा थिए । हाल काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका मेहता इमानदार नेताको रूपमा चिनिन्थे ।

मेहताको बुधवार उनकै निज निवास नजिकै दाहसंस्कार हुने परिवार श्रोतले जनाएको छ ।