वराहक्षेत्र : १ महिना ६  दिन अगाडि मलेसियामा मृत्यु भएका वराहक्षेत्र-६ चक्रघट्टि बाहुन टोलका ३९ वर्षका अविनाश पराजुलीको शव मङ्सिर २६ गते मङ्गलवार घर आइपुगेको छ । अविनाशको सबको परिवारले हिजो मङ्गलवार नै अन्तिम संस्कार समेत गरेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्षदेखि मलेसियामा रहेका अविनाश पराजुलीको १ महिना ६ दिन अगाडि उपचारको क्रममा मलेसियाको एक अस्पतालमा मृत्यु भएको थियो ।
१३ वर्षदेखि घर नआई गैरकानुनी रूपमा मलेसियामा नै बस्दै आएका अविनाशको शव ल्याउन धेरै समस्या भएको र शव ल्याउन नगर प्रमुख रमेश कार्कीले संघित सांसद ज्ञानेन्द्रबहादुर कार्की धेरै ठुलो सहयोग गरेको अविनाशका दाजु लोकराजले पराजुली बताए ।
निमोनिया रोगबाट ग्रसित भएपछि उपचारकालागि अस्पताल भर्ना भएका अविनाशको अस्पतालमै मृत्यु भएको थियो । दाजु लोकराजका अनुसार गैरकानुनी रूपमा बस्दै आएका अविनाशको शवलाई अस्पतालले उपचार खर्च बुझाएपछि मात्र लैजान भने पछि नेपाल ल्याउन समस्या भएको थियो । त्यसपछि नगर प्रमुख रमेश कार्कीलाई भेटेरै सबै कुरा भने पछि उहाँले शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाउनु भएको दाजु लोकराज बताउँछन् । 
नगर प्रमुख कार्कीले काठमाडौँ पुगेर शव नेपाल ल्याउन ठुलो सहयोग गरेको र सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावाससँग समन्वय गरी दिएका थिए ।
गैरकानुनी रूपमा १३ वर्षदेखि बसेको र उपचार खर्च तिर्न सकेर १ महिना ६ दिन अस्पतालमै रहेको भाइको शव नगर प्रमुख रमेश कार्की र सङ्घीय सांसद ज्ञानेन्द्र कार्कीले सहयोग नगरेको भए ल्याउन असम्भव नै रहेको दाजु लोकराज पराजुली बताउँछन्।