विराटनगर : विराटनगर-४ जामुनगाछीका युवाहरूको ‘हामी सबैको युनाइटेट यूथ’ संस्थाले मानवसेवा आश्रमलाई १८ हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री प्रदान गरेको छ । आइतबार विराटनगर–३ स्थित आश्रममा उक्त सामाग्री उपलब्ध गराएको हो ।

उपलब्ध गराइएका खाद्य समाग्रीहरुमा १०० केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन बिस्कुट, १० केजी फलफूल र ८ केजी आँटा रहेको बताइएको छ । युनाइटेड यूथले देउसी भैलो खेलेर सङ्कलित रकमबाट आश्रमलाई खाद्य सामग्री प्रदान गरेको हो ।

उक्त अवसरमा संस्थापक अध्यक्ष विनोद दाहाल, सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा लाई सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष अच्युत खतिवडा सहित सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न सङ्ग्रौला, चूडामणि घिमिरे गोपाल, विषम दाहाल लगायतको उपस्थितिमा खाद्य सामग्री प्रदान गरिएको हो ।