इटहरी : थारू कल्याणकारीणी सभा सुनसरीको अध्यक्षमा रामधुनीका सगेन चौधरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता समेत रहेका चौधरीको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् ।

सोमबार सुनसरीको गढीमा सम्पन्न नवौँ अधिवेशनले सर्वसम्मत कार्यसमिति चयन गरेको हो । अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा जानकी चौधरी, श्रवन कुमार चौधरी र कौशिला चौधरी चयन भएका छन् । सचिवमा श्याम कुमार चौधरी, सहसचिव रमेश कुमार चौधरी र कोषाध्यक्षमा उमेश कुमार चौधरी सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत भएका हुन् ।

अधिवेशन बाट १५ जना केन्द्रीय पार्सद समेत छनौट भएका नवनिर्वाचित अध्यक्ष चौधरीले बताए । नयाँ कार्यसमितिले थारु कला र संस्कृतको संरक्षणमा अभियान चलाउने उनको भनाइ छ । आत्मनिर्भर थारु कार्यक्रम मार्फत थारुको कला र परिकारलाई आर्थिक उपार्जन सँग जोड्ने उनको योजना छ ।