धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई उद्घोषण तथा वक्तृत्वकला तालिम दिइएको छ । क्याम्पसको इन्जिनियरिङ साहित्यिक समाज इसासले ५० जना विद्यार्थीहरूलाई तालिम दिएको हो ।

तालिममा विद्यार्थीहरूलाई संसदीय पद्धति अनुसार औपचारिक र अनौपचारिक छलफल तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने कला सिकाइएको हो । जनमासमा सहज रूपमा बोल्ने आत्मविश्वास बढाउन तालिमको आयोजना गरिएको इसासका सचिव प्रज्जवल काफ्लेले बताए ।

उनका अनुसार तालिममा समिन गैरेले सहजिकरण गरेका थिए । वक्तृत्वकला र औपचारिक कार्यक्रममा बोल्न आत्मविश्वास बढाउने तालिम प्रभावकारी रहेको सहभागी विद्यार्थीहरूले बताए ।

एक दिने तालिम कार्यक्रमको सभापतित्व इसासका अध्यक्ष प्रसिद्ध चाँपागाँइले गरेका थिए । सञ्चालन सचिव प्रज्जवल काफ्लेले गरेका थिए ।

purbanchal 2

purbanchal 3