धरान : सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा भिरबाट ट्याक्टर खस्दा चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटना बुधवार दिउँसो ४ बजे भएको हो । का। २ त ८२३९ नम्बरको ट्र्याक्टर मकालु-१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकी गइरहेको बेला वालुङको दिङसुमा भन्ने ठाउँमा अचानक भिरबाट खसेको थियो ।

भीरबाट अन्दाजी ३५ मिटर तल खस्दा ट्र्याक्टरमा रहेका चालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरीको टोली पुगेर शवलाई कानुनी प्रक्रिया अनुसार पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको जिल्ला प्रहरी सङ्खुवासभाले जनाएको छ ।