धरान : सुनसरीको देवानगञ्ज गाउँपालिका-५ का ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई श्रोत नखुलेको १९ लाख ९० हजार नगद रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

साहलाई बुधवार साँझ ५ बजे विराटनगरको केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा गइरहेको बेला मोरङ जिल्ला प्रहरीको टोलीले पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली नगद रुपैयाँ फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।