धरान : सुनसरीको दुहबीका २ युवा भारतबाट ब्राउनसुगर सहित मोटरसाइकलमा नेपाल आइरहेको अवस्थामा विराटनगरमा पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेमा चालक दुहबी-९ का ३० वर्षीय मोहम्मद सहबाज र पछाडि बस्ने २७ वर्षीय मोहम्मद जावेद आलम छन् । उनीहरूलाई १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विराटनगर-१६ दरैयामा भारतबाट नेपाल आउँदै गरेको को १९ प ८६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई ब्राउनसुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० बाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की सहित स्थानीय ३६ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ ।