धरान : सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट प्रहरीले ३८ वर्षीय सत्यनारायण यादव सहित लागुऔषध बेचबिखनमा संलग्न भारत बिहारका २० वर्षीय मोहम्मद अकबर आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

दुवै लाई ब्राउनसुगर र लागुऔषध सहित सोमवार साँझ पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यादवको घरबाट प्रहरीले २४ ग्राम ४२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । सार्थ लागुऔषध निट्रभेट, एभिल, एफेनारगन र नुफिन सहित कुला ४ सय ७२ ट्याब्लेट, विभिन्न कम्पनीको मोबाइल ४ थान बरामद गरेको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-४ बाट इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले स १० प १६१४ नम्बरको मोटरसाइकल सहित कटारी-८ का २० वर्षीय रुद्र तामाङलाई लागुऔषध सहित पक्राउ गरेको ।

मोटरसाइकलमा रहेका तामाङलाई चेकजाँच गर्दा झोलामा प्रतिबन्धित औषधी टेपेन्टडोल ट्याब्लेट र स्पासपेन जम्मा ३८ सय चक्की फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी भागलपुर प्रहरी चौकीको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका-१ का २६ वर्षीय योगेन्द्र खत्रीलाई ब्राउनसुगर ८२० मिलिग्राम, चरेस ४ ग्राम १९० मिलिग्राम र ईस्पास्मो १५ ट्याब्लेट सहित पक्राउ गरेको छ ।