धरान : कर्तव्य ज्यान सम्बन्धी मुद्दामा भोजपुर जिल्ला अदालतबाट २०६१ पुष २८ गते भएको फैसलामा ३ वर्ष कैद भई फरार रहेका भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ का ४६ वर्षीय पुर्णहाङ राईलाई प्रहरीले काठमाडौँमा पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार भोजपुर प्रहरीले खोजतलास गर्ने क्रममा राईलाई ललितपुर महानगरपालिका-२५ भैंसेपाटीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

यसैगरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०८० वैशाख १३ गतेको फैसलाले ३ महिना कैद, ७ हजार रुपैयाँ जरिवाना गरेको फरार अभियुक्त दुहवी नगरपालिका-२ का शम्भु साहलाई सुनसरी जिल्ला प्रहरी कार्यालयले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै जनालाई अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।