धरान : वरिष्ठ पत्रकार प्रदीप मेन्याङ्बोलाई पितृशोक परेको छ । उनका पिता भुपेन्द्र मेन्याङ्बोको ७४ वर्षको उमेरमा मङ्गलवार धरान-१५ स्थित निवासमा दुःखद निधन भएको हो।
उनी फोक्सो सम्बन्धी रोगको उपचार गराई रहेका थिए । उनको अन्तिम संस्कार आज बुधवार बिहान साढे ११ बजे धरान-१५ स्थित खत्रीधारामा गरिने पारिवारिक श्रोतले बताएको छ ।