• निशा राई

धरान : मोरङको ग्रामथान कठहराका ३१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

भोईस अफ चिल्ड्रेन इटहरीले मोरङको ग्रामथान-४ कठहरामा सञ्चालित श्री रामजानकी प्राथमिक विद्यालयका ३१ जना विद्यार्थीहरूलाई ३१ सेट ट्राकसुट, खेलकुदका सामग्री र बालबालिकाले लागी स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ ।

विद्यार्थीहरूलाई राष्ट्रिय बाल परिषद्का पूर्व अध्यक्ष डिल्लीराम गिरी, भिओसी संस्थाको संयोजक भरत थापा र ग्रामथानका नेपाली काँग्रेसका सभापति एकराज माझीले वितरण गरेका हुन ।

२०४९ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखी ५ कक्षा सम्म अध्ययन भइरहेको थियो तर कोभिड-१९ पश्चात् पूर्ण रूपमा बन्द रहेको उक्त विद्यालय समुदायको पहलमा यसै साल देखी पुनः सुचारु गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री कतिचन्द्र सरदार थारुले बताए ।

हाल साल देखि मात्र विद्यालय सञ्चालन गरिएकोले शिसु कक्षामा मात्र विद्यार्थी रहेको र हाल शिसु कक्षामा ३१ जना पढ्न आउने गरेको अध्यक्ष सरदारले बताए ।

राष्ट्रिय बाल परिषद्का पूर्व अध्यक्ष डिल्लीराम गिरीले बालबालिकाको निम्ति सदैव सहयोग गर्न तयार रहेको बताए । उनका अनुसार बालबालिका भविष्यका कणर्धार हुन उनीहरूको स्वास्थ्य, शिक्षा, जस्ता भौतिक क्षेत्रमा पाउनुपर्ने अधिकार पाउनु पर्छ यसको लागी आफू सधैँ लागी पर्ने बताए ।

भोईस अफ चिल्ड्रेनले २०५७ साल देखि बालबालिकाहरूको निम्ति काम गर्दै आएको छ र निरन्तर सधैँ बालबालिकाको निम्ति नै काम गर्दै आउने भिओसी संस्थाको संयोजक भरत थापाले बताए । उनका अनुसार हाल भिओसी संस्था इटहरीमा ८ जना सडक बालकहरूलाई संरक्षण समेत गरिरहेको बताए ।

विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा, शैक्षिक सामाग्रीहरू वितरण गरेकोमा र ग्रामथानका नेपाली काँग्रेसका सभापति एकराज माझीले धन्यवाद ज्ञापन गरे । पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउँदै यस्तो कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए ।