धरान : प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको हिजो र आजको मेची राजमार्ग बन्द आए दिउँसो देखी फिर्ता लिएको छ । भर्खरै समितिले प्रेस विज्ञप्ति जारी गर्दै समितिको माग अनुसार बुलेट किराँती रिहाइ हुने निश्चित भएकाले यातायात बन्द फिर्ता गरेको जनाएको छ ।

गत: मङ्सिर ३० र पुस १ गतेको यातायात बन्दमा इलाममा पराल बोकेको गाडी आगो लगाएको आरोपमा झापा जिल्लाबाट बुलेट किराँतीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको रिहाइको माग गर्दै सङ्घर्ष समितिले  पुस १९ र २० गते मेची राजमार्ग यातायात बन्द गरेको थियो ।

आज प्रकाशित वक्तव्यमा भनिएको छ, ‘पहिचानवादी नेता बुलेट किराँती रिहाइ हुने निश्चित भएकोले यही पुस १८ र १९ को लागि आव्हान गरिएको मेची राजमार्ग बन्दको कार्यक्रम आज २ बजे देखि  फिर्ता गरिएको छ ।’

bigyapti