विराटनगर : तराईको जाडेमा चिसोबाट बच्नका लागि समुदाय प्रहरी साझेदारीमा अल्पसङ्ख्यक समुदायका विपन्न, गरिब, ज्येष्ठ नागरिक, फरक क्षमता भएका सार्थ एकल महिलाहरू २०० जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।

विराटनगर-१६ दुर्गा मन्दिर प्राङ्गणमा शुक्रवार आयोजित कार्यक्रम बिच कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले न्यानो कपडा कम्बल वितरण गरेका हुन् ।

विराटनगर वडा १२,१३,१४,१५,१६,१७ र १८ का रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजित कार्यक्रममा न्यानो कपडा वितरण गरिएको हो ।

पुषको चिसोमा कठ्याङ्ग्रिने जाडोमा न्यानो कम्बलबाट विपन्न वर्गलाई राहत पुराउन समुदाय प्रहरी साझेदारी कार्यक्रमले जुटाएको साधन श्रोतबाट कार्यक्रम गरिएको बताइएको छ ।

nyano kapda bitaran