धरान : नव वर्ष सन् २०२४ को अवसरमा प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले एक अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ ।

यो घोषणाले नेपाली उपभोक्ताहरूको स्मार्टफोन खरिदको अनुभवलाई पुनः परिभाषित हुने विश्वास गरिएको छ । यस सहकार्य मार्फत भिभोले उच्च स्तरीय उत्पादनहरू प्रदान गर्ने तथा नेपालभरका प्राविधिक उत्साहीहरूमाझ पुग्ने आफ्नो प्रतिबद्धतालाई झल्काएको छ । नवीनता र अनलाइन किनमेल सुविधाको यो उत्कृष्ट फ्युजनमा के कस्ता अफरहरू रहेछन् आउनुहोस् हेरौँ ।

यो विशेष अफरहरू जनवरी ५ देखि ११ सम्म दराज नेपालमा मात्र लागू हुनेछन् । यस अफरमा धेरै स्मार्टफोनहरू समावेश गरिएका छन् जसमध्ये रु १३,५९९ सुरुवाती मूल्य रहेको भिभो वाई१एस (२+३२ जीवी) रु ९,९९९ मा उपलब्ध रहेको छ । त्यस्तै रु २३,९९९ सुरुवाती मूल्य रहेको भिभो वाई२०एस (४+१२८ जीवी), रु १४,९९९ मा उपलब्ध हुनेछ । रु २५,४९९ सुरुवाती मूल्य रहेको वाई२२एस  (६+१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीवी) हाल रु ३१,९९९ मा उपलब्ध हुनेछ । यस स्मार्टफोनको सुरुवाती मूल्य रु ३९,९९९ रहेको थियो । त्यसैगरी, रु ५२,९९९ सुरुवाती मूल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीवी), हाल निकै सुलभ मूल्य रु ४१,९९९ मा उपलब्ध रहेको छ ।

यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरू ल्याएको छ । ग्राहकहरूले रु १५००० मूल्य भन्दा कमको स्मार्टफोन मोडेलहरूको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने रु १५,००० देखि रु २०,००० मूल्य दायराको स्मार्टफोन खरिदमा निकै ट्रेंडी साइड ब्याग प्राप्त गर्नेछन् । त्यस्तै निकै आकर्षक पुरस्कारहरू प्रदान गर्दै, रु २०,००० देखि र रु ३५,००० बिचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरूले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५,००० भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् ।

दराजले भिटोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भाउचरहरू उपलब्ध गराएर समग्र स्मार्टफोन खरिदमा अझ आकर्षण थपेको छ । भिभो र दराजको साझेदारीले ग्राहकको समग्र अनुभवलाई वृद्धि गर्दै विशेष उपहार र भाउचरहरू सहित स्मार्टफोन खरिदमा आकर्षक अफरहरू उपलब्ध गराएका छन् । जनवरी ५ तारिखदेखि ११ तारिखसम्म सीमित समयका लागि धेरै स्मार्टफोन मोडेलहरूमा आकर्षक उपहार र इन्सेन्टीभहरू उपलब्ध छन् जुन छुटाउन नहुने अवसर हो ।