धरान : उदयपुरको चौदण्डीगढी नगरपालिका-१ कटरवोटे स्थितबाट अवैध हतियार भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका ६ बजे चौदण्डिगढीबाट बेल्टारतर्फ आउँदै गरेको को. १३ प ४१५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग गर्ने बारुद सहितको सेतो बट्टा १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र बेरिङ १७ थान सहित आम्चोक गाउँपालिका-१० भोजपुरका २० वर्षीय समीर राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको छ ।