धरान : मदन भण्डारी राजमार्गको उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ सडक खण्डमा हायस गाडीको ठक्करबाट बुधवार एक साइकल यात्रीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साँझ ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प। १-०५-००१ ज ००३५ नम्बरको हायसले साइकल यात्री रौतामाई गाउँपालिका-७ का ३८ वर्षीय तुलसी मङरातीलाई ठक्कर दिँदा घाइते भट्टराईको जिल्ला अस्पतालमा उपचारको लागि पुराएको अवस्थामा मृत्यु भएको हो ।

हायस चालक त्रियुगा-१० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।