विराटनगर : प्रहरीले अदालतको फैसलाबाट दण्ड सजाय भएका ७ जना फरार अभियुक्तहरू उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा पक्राउ गरेका बुधवार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा चोरी मुद्दाका २ जना, ठगी मुद्दाका १ जना, अभद्र व्यवहार्य मुद्दाका २ जना र सम्बन्ध विच्छेद मुद्दाका फरार रहेका २ जना छन् ।

उनीहरूलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरूमा उपस्थित गराइएको छ ।