इटहरी : युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई पत्नी शोक परेको छ ।

नेपाली काँग्रेस मोरङ जिल्ला सभापति समेत रहेका लिम्बुकी धर्मपत्नी गङ्गा लिम्बुको निधन भएको हो ।

मोरङको लेटाङ नगरपालिका स्थित आफ्नै घरमा लिम्बुको निधन भएको परिवार श्रोतले जनाएको छ । लिम्बुको नजिकैको चिसाङ खोलामा अन्तिम दाहसंस्कार गरिने भएको छ ।