धरान : नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई घुम्ती रक्त सञ्चार सेवाका लागि गैरआवासीय नेपाली सङ्घले मास क्याजुअल्टी एम्बुलेन्स रक्तसञ्चार घुम्ती बस प्रदान गरेको छ ।

आज बुधवार बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले रेडक्रस सुनसरी शाखा सभापति उमेश थापालाई बसको चाबी प्रदान गर्दै बस हस्तान्तरण गरिएको हो ।

रेडक्रस उपसभापति मुकुल कायस्थका अनुसार ९० लाख रुपया सम्म पर्ने एम्बुलेन्स बसमा रक्त सञ्चार सम्बन्धी सबै उपकरणहरू जडान गरिएका छन् । विपद्का ठुलै घटना भएको अवस्थामा बसले धेरै जना एकैसाथ बोक्ने एम्बुलेन्सको कार्य पनि गर्नेछ ।

रक्तसञ्चार घुम्ती बस प्राप्त भएपछि रेडक्रसलाई अब टाढा तथा ग्रामीण क्षेत्रमा थोरै रक्तदाताहरू भएका स्थानमा तत्काल पुगेर सङ्कलन कार्य गर्न सहज हुने भएको छ । बस भित्रै रक्तदान गर्ने सिट र रगत सुरक्षित राख्ने रेफ्रिजेटर सहित सबै सुविधा जडान गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घको ७ वटै प्रदेशमा १/१ क्याजुलिटी एम्बुलेन्स बस प्रदान गर्ने परियोजना अनुसार कोशी प्रदेशको लागि रेडक्रस सुनसरीलाई बस प्रदान गरिएको अध्यक्ष केसीले बताए ।

redcross society 2

redcross society 3 1